Header Ads

Header ADS

सृष्टि महिला साकोसद्धारा विपन्न वर्गका सदस्यको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले बाेयर र जमुनापारी जातका बाख्रा वितरण


विपन्न वर्गका सदस्यको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले सृष्टि महिला साकोसले बाेयर र जमुनापारी जातका बाख्रा साेमबार वितरण गरेको छ  । सृष्टि महिला साकोसको आयोजना तथा सुनकोशी गाउँपालिकाको आर्थिक सहयोग, सृष्टि महिला साकोसका अध्यक्ष  मिथुला कुमारी घिमिरेको अध्यक्षता, सुनकोसी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालको प्रमुख आतिथ्यता,उपाध्यक्ष कपिल कुमार कोईरालाको विशिष्ट आतिथ्यतामा बहुक्षेत्रीय पोषण योजना अन्तर्गत महिला सहकारीलाई अनुदान कार्यक्रमबाट सृष्टि महिला साकाेसद्वारा सहकारीकै विपन्न शेयर सदस्यहरुलाई बाख्रा वितरण गरिएको हो ।














२४ जना सहकारीका विपन्न सदस्यहरूलाइ दुई÷दुई वटाको दरले जम्मा ४८ वटा बाेयर र जमुनापारी जातका बाख्रा वितरण गरिएको हो । बहुक्षेत्रीय पोषण योजना अन्तर्गत  ६ लाख बराबरको बाख्रा वितरण गरेको छ । बाख्राबाट सदस्यकाे जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै गाउँपालिकाका अध्यक्ष दीपा बोहोरा दाहालले राम्रो आयआर्जन गर्न र बाख्राको राम्रोसँग स्याहारसुसार गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जी ,५ नं वडाध्यक्ष सुरथ कुमार बसेल,सुनकोशी गाउँपालिका सामाजिक शाखा प्रमुख कपिल बहादुर अधिकारी,महिला तथा बालबालिका शाखा प्रमुख गायत्री दाहाल ,योजना शाखा प्रमुख कपिल थापा,कानुनी सल्लाहकार चिरञ्जीवी दाहाल, पोषण सहजकर्ता नानि मैयाँ आछामीको उपस्थिति रहेको थियो ।

Powered by Blogger.